• २०८१ मङ्सिर १ शनिबार

दक्षिण अफ्रिकाविरुद्ध तिलक र सन्जुको शतक, भारतले जित्यो टी-२० सिरिज

kharibot

काठमाडौँ । भारतले दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिज ३-१ ले जितेको छ ।

गएराती सम्पन्न सिरिजको चौथो तथा अन्तिम खेल भारतले १३५ रनले जितेर सिरिज ३-१ ले जितेको हो ।

भारतले दिएको २८४ रनको विशाल लक्ष्य पछाएको दक्षिण अफ्रीकाले १८.२ ओभरमा अल आउट हुदै १४८ रन मात्र बनाएको थियो । यस अघि भारतले पहिला ब्याटिंग गर्दै २० ओभरमा एक विकेट गुमाएर २८३ रन बनाएको थियो ।

तिलक बर्माले लगातार दोस्रो शतक लगाउदै १२० रन बनाएका थिए भने सन्जु सामसनले पनि सिरिजमा दोस्रो शतक बनाउदै १०९ रन बनाएका थिए ।

भारतका लागि तिलक बर्मा र सन्जु सामसनले शतकीय पारी खेलेका थिए भने कीर्तिमानी २१० रनको साझेदारी गरेका थिए । यो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतका लागि अहिलेसम्मको सबैभन्दा ठुलो साझेदारी हो ।
यस सिरिजको प्लेयर अफ द सिरिज तिलक बर्मा बनेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै