काठमाडौं । राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औँ बैठक शुरु भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक शुरु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता शुरु भएको बैठकमा सबै मन्त्री, योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सचिवहरू सहभागी छन् ।
बैठकमा विकाससम्बन्धी नीति, योजना, कार्यक्रम तथा आयोजनाको प्रगति समीक्षा र समस्याको समाधानलगायतका विषयमा छलफल हुने बताइएको छ ।