• २०८१ कार्तिक २८ बुधबार

उपनिर्वाचनको पर्यवेक्षण गर्न निवेदन आह्वान

kharibot

काठमाडौं । निर्वाचन  आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरूलाई निवेदन आव्हान गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार स्थानीय तह उपनिर्वाचन निर्देशिका २०८१ को अनुसूची-६३ बमोजिम निवेदनका लागि कार्त्तिक २६ देखि ३० गतेसम्म पाँच दिनको समय दिइएको छ ।

आयोगका अनुसार पर्यवेक्षणको स्वीकृति प्रदान गर्नुपूर्व सम्बन्धित व्यक्तिसँग आयोगको तर्फबाट सामान्य जानकारीमूलक अन्तरक्रिया गरी वडा वा पालिका तोकेर पर्यवेक्षणको स्वीकृति प्रदान गरिने छ ।

साथै आयोगले पर्यवेक्षणको स्वीकृति प्राप्त संस्थाले निर्वाचन सम्पन्न भएको एक महिनाभित्र अनिवार्यरुपमा प्रतिवेदन लिइ सो उपर छलफल कार्यक्रम गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै