काठमाडौँ । हङकङ सिक्सेस अन्तर्गत आज नेपालले अस्ट्रेलियाको सामना गर्ने छ ।
पूल बि अन्तर्गतको यो खेल हङकङको मोंग ककस्थित मिशन रोड स्टेडियममा नेपाली समय अनुसार बिहान सवा ६ बजेदेखि शुरु हुदै छ ।
नेपालले शुक्रबार सम्पन्न खेलमा इङल्याण्डलाई पराजित गरेको थियो । त्यस्तै शुक्रबारनै सम्पन्न पुल बी को अर्को खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई पराजित गरेपछि पूल बी बाट नेपाल र अस्ट्रेलिया क्वाटरफाइनलमा पुगिसकेका छन् । यस खेलपछि पुल बी को विजेता र उपविजेताको टुंगो लाग्ने छ ।
नेपालले क्वाटरफाइनलमा पूल डी को श्रीलंका वा बंगलादेशसँग खेल्ने छ । पूल बी बाट दुवै खेल हारेर बाहिरिएको इङल्याण्डले भने प्लेट च्याम्पियनसिप खेल्ने छ ।