• २०८१ कार्तिक १६ शुक्रबार

निर्माण सुरु भएको आठ वर्षपछि प्यूठानको दम्ती सब–स्टेसन सञ्चालन

kharibot

प्यूठान । निर्माण सुरु भएको आठ वर्षपछि प्यूठानको दम्ती सब–स्टेसन सञ्चालनमा आएको छ । 

विसं २०७२ देखि निर्माण सुरु गरेर अलपत्र छाडिएको सब–स्टेसन सञ्चालनमा आएको हो । नेपाल विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्र प्रमुख महेन्द्रकुमार दासका अनुसार सब–स्टेसन सञ्चालनमा आएसँगै विद्युत् वितरण र विद्युतीय जोखिमले हुने क्षति न्यूनीकरण गर्न मद्दत पुग्नेछ । सब–स्टेसनको निर्माण २०७२ असार ४ गते आरके विश्वनाथ जेभीले सात करोड ४२ लाख ६७ हजार दुई सय ३९ मा सब–स्टेसन निर्माणका लागि ठेक्का सम्झौता गरेर काम गरेको थियो ।

लाइन तान्नका लागि श्री त्रिपुरेश्वर जय दुर्गे जेभीले पाँच करोड ३६ लाख ६० हजार ६ सय ८२ मा २०७४ जेठ १७ गते ठेक्का सम्झौता गरेको थियो । काम सुरु गर्ने हराउने, नियामक निकायले सक्रियता देखाउँदा काम गरेजस्तो गर्ने हुँदा ९० प्रतिशत काम सम्पन्न गरी ठेकेदार कम्पनी सम्पर्कविहीन भएको वितरण केन्द्र प्रमुख दासले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै