बाँके, डुडुवा गाउँपालिका-५ कम्दी बस्ने ३२ वर्षीय रामचन्द्र बर्मालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम २ सय ८० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकट्टी कम्दीबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ चाँदनी खाजा घर अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख दुल्लु नगरपालिका-५ बस्ने १९ वर्षीय गणेश नेपाली र भारत बहराइच थाना रूपैडिया बस्ने २७ वर्षीय सिरताज घोसी रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-८ स्थित सन्ध्या होटल अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम र डिजिटल तराजु १ थान सहित सोही उपमहानगरपालिका-१५ मिलनचोक बस्ने २९ वर्षीय बलराज घिमिरेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले को.२ ह १६०९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक घिमिरेलाई पक्राउ गरेको हो ।
अछाम, साँफेबगर नगरपालिका-३ टोटासाल बस्ने ५८ वर्षीय पुरन कुँवरलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३० ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनले संचालन गरेको मिलन किराना पसलबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।