• २०८१ कार्तिक ४ आइतबार

अमेरिकाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

kharibot

काठमाडौँ । कुशल भुर्तेलले अमेरिकाविरुद्ध अर्धशतक बनाएका छन् ।

तेरो नम्बरमा ब्याटिंग गर्दै भुर्तेलले ३३ बलमा अर्धशतक पुरा गरेका हुन् । टी-२० खेलमा भुर्तेलको यो नवौं अर्धशतक हो ।

भुर्तेलले ३ छक्का र ४ चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् ।

अमेरिकाविरुद्धको दोस्रो टी-२० खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालले यो समाचार तयार गरुन्जेल १५ ओभरमा ३ विकेट गुमाउदै ११५ रन बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै