• २०८१ कार्तिक ४ आइतबार

क्युबामा देशभर विद्युत अवरुद्ध

kharibot

काठमाडौँ । ल्याटिन अमेरिकी देश क्युबाको मुख्य विद्युत् केन्द्र असफल भएपछि सिंगो देश विद्युत् संकटमा परेको छ । मुख्य पावर ग्रिड फेल भएपछि झण्डै देशैभर विद्युत् अवरुद्ध भएको छ ।

विद्युत् प्रणाली पुनर्स्थापनाका सम्बन्धमा अधिकारीहरुले कति समय लाग्छ थाहा नभएको बताएका छन् । क्युबामा पहिले नै लामो विद्युत कटौती भएको थियो, जसका कारण देशका प्रधानमन्त्रीले 'ऊर्जा संकटकाल' घोषणा गर्नुपरेको थियो ।

यद्यपि, शुक्रबार, मातान्जासमा देशको सबैभन्दा ठूलो एन्टोनियो गुटेरेस पावर प्लान्टको विफलताका कारण लगभग सम्पूर्ण देश बिजुली गुमायो ।

यस उर्जा संकटमा क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेल बर्मुडेजले उर्जा संकट समाधान गर्नु आफ्नो प्राथमिकता रहेको बताएका छन् । यो अवस्था सच्याउन नसक्दासम्म कसैलाई पनि आराम नहुने उनले बताएका छन् ।

शुक्रबार, क्युवाको सरकारले सबै विद्यालय र नाइटक्लबहरू बन्द रहने घोषणा गरेको थियो । साथै, संकटलाई ध्यानमा राख्दै सबै अनावश्यक गतिविधि बन्द गर्न र मानिसहरूलाई घरमै बस्न अपील गरिएको छ ।

क्युबाली स्थानीय सञ्चारमाध्यमका अनुसार अत्यावश्यकबाहेकका सरकारी सेवाहरू निलम्बन गरिएको छ । जनतालाई फ्रिज र त्यस्ता बिजुली खपत गर्ने उपकरणहरू बन्द राख्न पनि अपिल गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै