• २०८१ कार्तिक २ शुक्रबार

स्थानीय पूर्वाधार आयोजनालाई प्रभावकारी बनाउने गरि उपप्रधानमन्त्री सिंह छलफलमा

kharibot

काठमाडौँ । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरि छलफल शुरु गरेका छन् ।

शुक्रबार पुल्चोकस्थित स्थानीय पूवाृधार विकास आयोजनाको सभाहलमा आयोजनाअन्तर्गतका सातै प्रदेशका आयोजना प्रमुख, आयोजनाका महानिर्देशकसहितसँग आयोजनाबारे समिक्षात्मक छलफल गरेका हुन् । 

आयोजनाको अन्तिममा समिक्षा गर्दा कार्यान्वयन फितलो भइसकेको हुने भन्दै उपप्रधामनमन्त्री सिंहले शुरुमै आयोजना कार्यान्वयनका समस्या पहिचान गर्ने गरि छलफल शुरु गरेका छन् । उनले कामलाई प्रभावकारी बनाउन नीतिगत विषयमै बढी जोड दिने पनि बताए । ‘तपाईंहरुसँगको छलफलपछि समस्या के छ ? भन्ने जानकारीमा आएको छ । यो छलफल परिणामका लागि हो । समस्या सुन्ने मात्र होइन समाधानका लागि पहल गर्छु ।’

उनले छलफलमा स्थानीय पूर्वाधार विकास आयोजना अन्तर्गत सातै प्रदेशका आयोजना प्रमुखहरुले चालू आर्थीक वर्षमा भएका योजनाका उपलब्धीहरु, भोग्नुपरेका समस्या र भइरहेका कामबारे विस्तृतमा प्रस्तुतीकरण गरेका थिए । त्यस्तै, असोजमा आएको बाढीका कारण भएको क्षती र बाढी पछि भएका कामबारे पनि जानकारी गराएका थिए ।

शहरी विकास मन्त्रालयअन्तर्गतका झोलुंगेपुल र सडकहरुमा बाढीका कारण क्षती पुगेको छ । आयोजनाका विभिन्न प्रदेशका प्रमुखहरुले पूर्व तयारी भएका आयोजनामा बजेट नपर्ने तर नयाँ आयोजना थपिनेक्रम रोक्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै, एउटै आयोजनामा पनि डुप्लिकेसनको समस्या रहेको भन्दै त्यसलाई रोक्ने गरि पहल गर्नुपर्ने बताएका थिए । 

मन्त्रालयका सचिव मणिराम गेलालले चालू आवको विनियोजित कार्यक्रमहरु सम्पन्न गर्न देखापरेका समस्या,समाधानका उपाय र आयोजनाकातर्फबाट विभाग र मन्त्रालयसँगको अपेक्षाबारेको छलफलले धेरै विषय प्रष्ट भएको भन्दै यसले आगामी दिनमा काम गर्दा थप सहज हुने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै