• २०८१ कार्तिक २ शुक्रबार

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

kharibot

सुनसरी । कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम सहित सप्तरी राजविराज नगरपालिका-२ तित्री गाछी बस्ने २९ वर्षीय रोहित कुमार मण्डललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २-०१-००२ प ४१८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ पुडी टोलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय ७० मिलिग्राम सहित ईटहरी उपमहानगरपालिका-१७ मझौरा बस्ने ३६ वर्षीय अग्रदिप चौधरी र ३० वर्षीय नरेश चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१३ प ९८३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ८ सय ५० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम २० ट्याब्लेट सहित भारत बहराईच रूपैडिया बस्ने ३२ वर्षीय राजा सैयादलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       

धनकुटा, धनकुटा नगरपालिका-१ हिले सिरानस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ हिले बस्ने २५ वर्षीय फुर्वा तितुङ (तामाङ) र सोही नगरपालिका न्यूरोड टोल बस्ने २७ वर्षीय छितेन तामाङ रहेका छन् । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले शंकास्पद २ जनालाई समेत आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।  

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-५ बस्ने ३५ वर्षीय रूपेन्द्र भण्डारी र ३४ वर्षीय नारायण बहादुर बस्नेत रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

तनहुँ, आबुखैरेनी गाउँपालिका-४ बेनिटरबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र बुप्रेनोर्फिन ५० एम्पुल सहित अर्घाखाँची मालारानी गाउँपालिका-७ बस्ने २२ वर्षीय तिलक पाण्डेलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आबुखैरेनीतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले तिलकसँगै रहेका १ जनालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । 

धनुषा, धनौजी गाउँपालिका-४ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट ७५ ट्याब्लेट र स्पास्मो ४० ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास नगरपालिका-१ बस्ने ३२ वर्षीय ईश्वर किरने र २० वर्षीय कविराज विश्वकर्मा रहेका छन् । प्रहरी चौकी धनौजीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै