• २०८१ कार्तिक २ शुक्रबार

नेपाली राष्ट्रिय क्रिकेट टिमको मेन्टरमा पुबुदु दासानायके नियुक्त

kharibot

काठमाडौं । नेपाली टोलीको पूर्व मुख्य प्रशिक्षक पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको मेन्टरमा नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले दासानायके नेपाली राष्ट्रिय टिमको मेन्टरमा नियुक्त भएको जानकारी दिएको छ । उनले अमेरिकामा हुने आइसीसी लिग २ को खेलहरूमा मेन्टरको भूमिका निर्वाह गर्ने भएका छन् । 

नेपालले कात्तिक ११ गतेदेखि अमेरिका र स्कटल्यान्डविरुद्ध लिग २ का खेलहरू खेल्दैछ । त्यसअघि नेपालले अमेरिकाविरुद्ध तीन खेलको टी- २० सिरिज खेल्दै छ । सिरिजको पहिलो खेल शुक्रबार बिहान हुदै छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै