• २०८१ कार्तिक २ शुक्रबार

हेमांग बदानी बने दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक

kharibot

काठमाडौँ । पुर्व क्रिकेटर हेमांग बदानी आइपिएल टिम दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक बनेका छन् । बदानीले अब पुर्व प्रशिक्षक रिक्की पोन्टिङको स्थान लिने छन् ।

त्यस्तै दिल्लीले पुर्व ब्याट्सम्यान भेनुगोपाल रावलाई डाइरेक्टर अफ क्रिकेट नियुक्त गरेको छ । रावले यस अघि दिल्लीमा सौरभ गांगुलीले निभाएको भूमिका निभाउने छन् ।

बदानीसँग विदेशी टी-२० लिगमा प्रशिक्षक बनेको अनुभव छ भने भारतीय घरेलु क्रिकेटमा पनि प्रशिक्षणको अनुभव रहेको छ । बदानी दिल्लीकै गत जनवरीमा आइएलटी२० मा उपविजेता बनेको टिम दुबई क्यापिटल्सको हेड कोच रहेका थिए ।

त्यसैगरी दिल्लीको प्रमुख लगानीकर्ता समुह जेएमआर ग्रुप र जेएसडब्लु स्पोर्ट्सबीच पनि आइपिएलको पुरुष टिम र महिला टिम व्यवस्थापनको अप्रेशन लिडरसिपमा अद्ला बदलि भएको छ । अब आइपिएलको पुरुष टिमको व्यवस्थापन दुई बर्षका लागि जेएमआरले हेर्ने भएको छ भने महिला टिमको व्यवस्थापन जेएसडब्लु स्पोर्ट्सले दुई बर्षका लागि हेर्ने भएको छ ।

दिल्लीले आइपिएलको अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
           

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै