• २०८१ कार्तिक १ बिहीबार

लक्की फिल्मी अवार्ड दोस्रो संस्करणको तयारी तिब्र

kharibot

चितवन। मोफसल कै चर्चित लक्की मिडिया हाउसले आयोजना गर्न लागेको दोस्रो संस्करण ‘लक्की फिल्मी अवार्ड -२०८१ ’ को तयारी तीव्र पारेको छ । लक्की मिडिया हाउसले चितवनमा गर्न लागेको फिल्मी अवार्डको एक कार्यक्रमका बीच प्रचार सामाग्री ‘टिसर्ट’ सार्वजनिक गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले, विशिष्ट अतिथि नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री बेनिशा हमाल र लक्की मिडिया हाउसका महाप्रबन्धक तथा कार्यक्रम संयोजक हरि कार्की ‘लक्की’ ले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । 

चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्न अवार्ड गर्न लागेको हो ।

लक्की मिडिया हाउसले प्रचार सामाग्री सार्वजनिक गर्ने अभियान नै चलाएको छ । लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की 'लक्की' ले टिसर्ट मोफसल टुर कार्यक्रममा प्रयोग हुने बताए । मोफसल टुर देशका मुख्य शहरमा पुग्नेछ । नेपालका मुख्य शहरमा फिल्मी अवार्डको बारे जानकारी गराउने अभियान छिटै चल्ने बताए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष काफ्लेले नेपाली कला, संस्कृतिको संरक्षण र प्रर्वद्धनमा टेवा पुग्ने बताए । मिडिया हाउसले मोफसलमा रहेर पनि राष्ट्रिय स्तरीयको अवार्ड कार्यक्रम गरेको भन्दै उनले प्रशंसा गरे ।

विशिष्ट अतिथि अभिनेत्री हमालले मोफसलमा पनि यति ठुलो अवार्ड हुनु आम कलाकारहरुको लागि गर्वको बिषय भएको बताए । यस्ता कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिनु पर्नेमा उनले जोड दिए ।

टिसर्ट सार्वजनिक कार्यक्रममा बरिष्ठ दन्त चिकित्सक डा. विष्णुप्रसाद सुवेदी, चितवन खबर पत्रिकाका प्रबन्धक निर्देशक कृष्ण कार्की, निर्देशक राजेश शर्मा आचार्य, समाजसेवी नारायण प्रसाद अधिकारी, युवा उधमी अन्तोष बमजन, सन्तबहादुर गुरुङ र केशव बहादुर रानाभाट लगायतको सहभागिता रहेको थियो । टिसर्ट सौजन्य भरतपुर, मालपोतचोक र गैँडाकोटमा रहेको स्माईल डेण्टल एण्ड ओरल हेल्थ केयर सेन्टर प्रा.लिले गरेको थियो । विभिन्न ३० विधामा सिने क्षेत्रका उत्कृष्ट कलाकारलाई अवार्ड वितरण गरिने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै