• २०८१ असोज २९ मंगलबार

बाबरलाई समर्थन गरेका फखर जमानलाई सोधियो स्पष्टीकरण

kharibot

काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्डले इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा आफ्ना स्टार ब्याट्सम्यान तथा पुर्व कप्तान बाबर आजमलाई टिममा सामेल नगरेपछि नयाँ विवाद शुरु भएको छ । 

बोर्डले बाबरलाई टिम बाहिर राखेको विषयमा कडा आलोचना भएपछि उनलाई एक खेलका लागि आराम दिएको भन्दै बचाउमा उत्रिएको छ । 

यसैबीच बाबर आजमलाई समर्थन गरेका पाकिस्तानका खेलाडी फखर जमानलाई बोर्डले स्पष्टीकरण सोधेको छ ।

बोर्डको सम्झौतामा रहेका जमानले सार्बजनिक रुपमा गरेको टिप्पणीका कारण स्पष्टीकरण सोधिएको मिडिया रिपोर्टमा उल्लेख छ । 

जमानले सामाजिक सञ्जालमा भनेका थिए- बाबर आजमलाई बाहिर राख्नु चिन्ताको विषय हो । भारतले २०२० र २०२३ को बीचमा विराट कोहलीको औसत क्रमशः १९.३३, २८.२१, र २६.५० को बीचमा हुदा उनलाई कहिल्लै बेन्चमा राखेन । यदि पाकिस्तानले अहिलेसम्म उत्पादन गरेको सबैभन्दा राम्रो प्रमुख ब्याट्सम्यानलाई किनारा गर्ने विचार गर्दैछौं भने यसले टोलीमा गहिरो नकारात्मक सन्देश पठाउन सक्छ । प्यानिक बटन थिच्नबाट बच्न अझै समय छ; हामीले हाम्रा मुख्य खेलाडीहरूलाई कमजोर पार्नुको सट्टा सुरक्षामा ध्यान दिनुपर्दछ ।'

मिडिया रिपोर्टका अनुसार जमानलाई सोमबार नै स्पष्टीकरण सोधिएको र उनले अहिलेसम्म जवाफ नदिएको बताइएको छ ।

बाबरले खेल्न चाहेकै बेला पाकिस्तानको हालै नियुक्त भएको छनौट समितिले इङल्याण्डविरुद्ध बाहिर निर्णय गरेको छ ।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै