• २०८१ असोज २९ मंगलबार

दशैको बिदा सकियो, आजदेखि सरकारी कार्यालय खुल्ने

kharibot

काठमाडौं । आजदेखि दशैको सार्बजनिक बिदा सकिएको छ । बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्ने भएका छन् । बडादसैंको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुल्न लागेका हुन्। 

सरकारले दशैँ मनाउन ५ दिन बिदा दिएको थियो । आजबाट कार्यालय खुल्ने भएपछि राजधानी काठमाडौँको चहलपहल बढेको छ भने उपत्यकामा सवारी आवागमन बढेका छन् । 

यस वर्षको दशैंमा झण्डै १३ लाख सर्वसाधारणले उपत्यका छोडेका थिए ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमासम्म नै जारी रहन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै