• २०८१ असोज २८ सोमबार

महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा

kharibot

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । एन्फाले सोमबार २३ सदस्यीय टिमको घोषणा गरेको हो ।

साफ महिला फुटबल च्याम्पियनसिप आगामी विहिबारदेखि काठमाडौँमा हुदै छ ।  यस प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटान सहभागी हुदै छन् । नेपाल समुह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समुह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।

प्रतियोगिताको पहिलो खेल विहिबार भारत र पाकिस्तानबीच हुदै छ । नेपालले भने शुक्रबार पहिलो खेलमा भुटानको सामना गर्दै छ ।

नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिएपनि अहिलेसम्म उपाधि जितेको छैन । नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ । अहिलेसम्म भारतले  प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ भने एक पटक बंगलादेशले उपाधि जितेको छ ।

एन्फाले घोषणा गरेको टिम: 

गोलकिपर:

अन्जिला तुम्बापो सुब्बा (सी), अञ्जना राना मगर र उषा नाथ ।

डिफेन्डर: 

गीता राणा, अमृता जैसी, समिच्छ घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक, हिरा कुमारी भुजेल र सजनी थोकर ।

मिडफिल्डर: 

रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की र विमला चौधरी ।

फरवार्ड: 

रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र  सावित्रा भण्डारी ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै