• २०८१ असोज २८ सोमबार

ट्रम्पको र्‍याली नजिकै दुई बन्दुक र नक्कली राहदानीसहित एक व्यक्ति पक्राउ 

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पको र्‍याली नजिकै दुई बन्दुक र नक्कली राहदानीसहित एक व्यक्ति पक्राउ परेका छन् ।

शनिबार क्यालिफोर्नियाको कोचेलामा डोनाल्ड ट्रम्पको र्‍याली नजिकै एक व्यक्तिलाई पक्राउ गरिएको हो ।

ती व्यक्तिको साथबाट एक थान पेस्तोल, पेस्तोल र नक्कली राहदानी बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका ४९ वर्षीय वेम मिलरका रूपमा पक्राउ परेका छन् । कालो रंगको एसयूभी चलाउँदै गर्दा सुरक्षाकर्मीले उनलाई सुरक्षा चौकी नजिकै रोकेका थिए ।

रिभरसाइड काउन्टी प्रहरी कार्यालयले मिलरलाई हिरासतमा लिइएको जनाएको छ । मिलरलाई लोडेड बन्दुक र उच्च क्षमताको गोलाबारुद राखेको अभियोग लगाइएको छ ।

अमेरिकी गुप्तचर सेवाले डोनाल्ड ट्रम्पको सुरक्षामा कुनै खतरा नरहेको बताएको छ । स्थानीय प्रहरीले पक्राउ परेका अभियुक्तलाई ‘मानसिक सन्तुलन’ नभएको बताएको छ । प्रहरी कार्यालयका अनुसार यो घटनाले ट्रम्पको सुरक्षा वा र्‍यालीमा उनको उपस्थितिमा कुनै फरक परेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै