• २०८१ असोज २८ सोमबार

भारतलाई हराउदै अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा

kharibot

काठमाडौँ । जारी आइसीसी महिला टी- २० विश्वकप अन्तर्गत अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ९ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको १५२ रनको लक्ष्य पछाएको भारतले २० ओभरमा ९ विकेट गुमाउदै १४२ रन बनाएको थियो ।

त्यस्तै पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाउदै १५१ रन बनाएको थियो ।

यो जितसँगै अस्ट्रेलिया समुह ए मा लागातार चार जित सहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ ।

त्यस्तै यो हारपछि भारतको सेमिफाइनल यात्रा भने संकटमा परेको छ । भारतले ४ खेलमा २ हार र दुई जित हासिल गरेको छ । अब समुह ए बाट सेमिफाइनलमा पुग्ने अर्को देशको टुंगो आज हुने न्यूजील्याण्ड र पाकिस्तानबीचको खेलपछि लाग्ने छ । यो खेल न्यूजील्याण्डले जितेमा सेमिफाइनलमा पुग्ने छ भने भने पाकिस्तानले जितेमा भारतको सम्भावना रहने देखिन्छ ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै