• २०८१ असोज २८ सोमबार

दिव्या र करण आमने सामने !

kharibot

काठमाडौँ । बलिवुडका चर्चित फिल्म निर्माता-निर्देशक करण जोहर र टी-सिरिजका मालिक भूषण  कुमारकी पत्नी एवम अभिनेत्री दिव्या खोसला कुमार आमने सामने भएका छन् ।

करण र दिव्याबीच अहिले भएको विवाद आलिया भट्ट स्टारर फिल्म जिग्रा रिलिज भएदेखि शुरु भएको हो । वास्तवमा, दिव्याले करण जोहरले आफ्नो फिल्म सावीको नक्कल गरेर जिग्रा बनाएको आरोप लगाएकी छिन् । स्क्रिप्ट चोरेको आरोप लगाउदै दिव्याले जिग्रा रिलिज भएका थिएटरको तस्विर शेयर गर्दै दर्शक नभएको उल्लेख गरेकी थिइन् । उनले जिग्राको अहिलेको कलेक्सन नक्कली भएको समेत बताएकी छन् । यसपछि करण जोहरले एक पोस्ट सेयर गर्दै दिव्याको नाम नलिइकन उनलाई मूर्ख भनेका थिए  ।

दिव्याले शनिबार पोस्टमा लेखेकी थिइन्, ‘जिग्रा हेर्न सिटी मलको पीभीआरमा गए, थिएटर पूरै खाली थियो । वास्तवमा, जताततै सबै थिएटरहरू खाली हुँदैछन् । आलिया भट्टसँग साँच्चै धेरै हिम्मत छ, उनले आफैं टिकट किनेर नक्कली सङ्कलन गरेको घोषणा गरिन् । मलाई अचम्म लाग्छ सशुल्क मिडिया किन मौन ? जनतालाई मुर्ख बनाउनु हुदैन । असत्यमाथि सत्य ।'

यसको जवाफमा करण जोहरले नाम नलिई लेखेका छन्, ‘चुप बस्नु नै मुर्खका लागि उत्तम जवाफ हो ।' करणको पोस्ट बाहिर आएपछि दिव्या खोसलाले जवाफमा लेखिन्, ‘सत्यले सधैं त्यसको विरुद्धमा उभिएका मूर्खहरूलाई उक्साउँछ । अर्को पोष्टमा उनले लेखेकी छन्, ‘जब तिमीले निर्लज्ज ढंगले अरूको चीज दाबी गरेर चोर्छौ, तब चुपचाप बसेर आफूलाई बचाउनु पर्छ । तपाईंसँग कुनै आवाज छैन र मेरुदण्ड छैन ।'

दिव्या खोस्ला कुमारको फिल्म सावी ३१ मे २०२४ मा रिलिज भएको थियो । यो फिल्म आफ्नो भाइलाई बचाउन खोज्ने बहिनीको कथा थियो । हालै ११ अक्टोबरमा आलिया भट्ट र वेदांग रैना स्टारर फिल्म जिगरा रिलिज भएको थियो, जसको कथा सविसँग एकदम मेल खान्छ ।

जिग्राको ट्रेलर सार्वजनिक भएदेखि नै दिव्याको टोलीले जिग्रा निर्मातालाई सविको कथा चोरेको आरोप लगाउँदै आएकी छन् । 

दिव्याले आलियाले आफ्नो फिल्मको स्क्रिप्ट चोरेको र निर्देशक वासन बालासँग मिलेर यसलाई परिवर्तन गरेर ‘जिग्रा’ नामबाट रिलिज गरेको आरोप लगाएकी छिन् । शुक्रबार रिलिज भएको जिग्राले दुई दिनमा करिब १२ करोड कमाई गरेको आँकडा बाहिर आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै