• २०८१ असोज २७ आइतबार

कटहरियामा कुस्ति, अन्तर्राष्ट्रिय पहलवानको जमघट

kharibot

रौतहट । दुर्गा पूजाको अवसरमा रौतहटको कटहरिया बजारमा आयोजित २ दिने कुस्ती दंगल पहालावानी आईतवारदेखि सुरु भएको छ ।

कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवालले एक समारोहका बिच रिबन काटेर कुस्ती पहलवानीको उदघाटन गरेका थिए । उदघाटन समारोहलाई सम्बोधन गर्दै मेयर जैसवालले कुस्ती पहलवानी तराई मधेशमा बाजेकै पालादेखि चल्दै आएकाले एउटा संस्कृति सरहको यस प्रतियोगितालाई संरक्षण गर्न युवा पुस्ताले पहल गर्नुपर्ने बताएका थिए ।

आईतवार पहिलो दिनको खेलमा भारतको राजधानी दिल्लीमा पहलवान ओम कार, पंजाबका सोनु, बिक्की, मुन्ना टाईगर, मेरठका गुल्ला, भिल्ला, मुजफरनगरका टाईगर, कानपुरमा रबी, महाराष्ट्रका शिवम मिश्रा, त्यसैगरी नेपालका लक्की थापा, नेपाल प्रहरीका त्रीलोकी यादव लगायत ४० जना पहलवानले कुस्ती खेलेको आयोजक समितिका उपेन्द्र कुशवाहाले बताएका छन् ।

पहिलो दिनको खेलमा नेपाल क्लबका गोल्ड मेडलिस्ट पहलवान त्रीलोकी यादवले राम्रो प्रदर्शन गरेको थिए । यादवले दिल्लीका नामुद पहलवान ओमकार लाई केही समयभित्रै पछारेका थिए ।

कुस्ती पहलवानी हेर्न कटहरियामा हजारौँ मानिसको उपस्थिति देखिएको थियो । पहलवानी सोमवारसम्म हुने मेला समिति कटहरियाले जनाएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै