• २०८१ असोज २७ आइतबार

दोलखामा दुई बस ठोक्किए, चार जना घाइते 

kharibot

दोलखा । ओखलढुङगाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दोलखामा दुर्घटना भएको छ ।

ओखलढुङगाबाट काठमाडौं आउँदै गरेको र रामेछापतर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस आइतबार दिउँसो दोलखाको बैत्यश्वर गाउँपालिका ६ गोपीखोलामा एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् ।

बा ५ ख ५६३१ नम्बर र प्रदेश ३.०१०५ ख३९५६ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि चरिकोट ल्याईएको छ । घाइतेहरुको चरिकोटमा उपचार भइरहेको छ ।

दुर्घटनाका कारण अवरुद्ध पुष्पलाल मार्ग खुलाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै