• २०८१ असोज २७ आइतबार

जुबिमेन्डीको गोलमा डेनमार्कमाथि स्पेनको जित

kharibot

काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत स्पेनले डेनमार्कलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा स्पेनले डेनमार्कलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

स्पेनको जितमा खेलको ७९औं मिनेटमा मार्टिन जुबिमेन्डीले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि युइएफए नेसन्स लिग ए को समुह चारमा स्पेनको ३ खेलमा ७ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै डेनमार्क ३ खेलमा ६ अंकसहित समुहमा दोस्रो स्थानमा रहेको छ ।

स्पेनले अब अर्को खेल अक्टोबर १६ मा सर्बियाको सामना गर्ने छ भने डेनमार्कले अर्को खेल सोहि दिन स्वीजरल्याण्डविरुद्ध खेल्ने तालिका छ ।
  
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै