• २०८१ असोज २७ आइतबार

वीपी राजमार्ग भोलि विहान १० बजेबाट सञ्चालनमा आउछ- प्रधानमन्त्री ओली

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वीपी राजमार्ग भोलि (शुक्रबार) विहान १० बजेबाट सञ्चालनमा आउने जानकारी गराएका छन् ।

राजमार्गको अवरोध खुलाउन यतिवेला भौतिक मन्त्रालयका सचिव ईं केशव शर्मा फिल्डमै खटिएको प्रधानमन्त्री ओलीले फेसबुक मार्फत जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीले लेखेका छन्-

बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनु भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो । उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका – ९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ। उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ। आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ । भोलि राजमार्ग खुलेपछि मात्र दशैं मान्ने बताउनु भयो । सडक खुलाउन अहोरात्र लाग्नु भएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद !

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै