• २०८१ असोज २३ बुधबार

ओखलढुङ्गा जादै गरेको बस दोलखामा दुर्घटना, १५ यात्रु घाइते

kharibot

काठमाडौं । काठमाडौंबाट ओखलढुङ्गा जादै गरेको यात्रु बाहक बस दोलखाको भीमेश्वर–८ बोचमा दुर्घटना हुँदा १५ जना यात्रु घाइते भइएका छन् ।

काठमाडौंबाट ओखलढुङ्गाको सिद्विचरण नगरपालिकाको गाम्नाङटार जाँदै गरेको यात्रु बस लामोसाँघु–जरी सडकखण्डअन्तर्गत दोलखाको भीमेश्वर–८ बोचमा दुर्घटना भएको हो ।

प्रदेश ३–०१–००६ ख ०६३६ नम्बरको बस अनियन्त्रित भएर सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्धार गरेर चरिकोट ल्याइएको छ । घाइतेको चरिकोटस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै