• २०८१ असोज २३ बुधबार

राष्ट्रपति पौडेलले विजया दशमीको दिन टिका लगाइदिने 

kharibot

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको दिन टिका लगाइदिने भएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार इच्छुक मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीहरू एवम् विशिष्ट महानुभावहरू तथा निजामति, जंगी, प्रहरी तर्फका अधिकृत स्तर सम्मका राष्ट्रसेवकहरूलाई अपरान्ह ३ बजेदेखि ३:३० बजे सम्म टिका लगाइदिने कार्यक्रम रहेको छ ।

त्यस्तै इच्छुक सर्वसाधारणलाई अपरान्ह ३: ३० बजेदेखि ५ बजेसम्म टिका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति कार्यलयका अनुसार मर्यादित पोशाकमा प्रवेशद्वारनम्बर १ बाट प्रवेश गर्न पनि आग्रह गरेको छ  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै