• २०८१ असोज २२ मंगलबार

श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

kharibot

काठमाडौं । आफ्नै श्रीमती ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरी फरार रहेका नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भएका ६० वर्षीय जित बहादुर भन्ने काले तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

दक्षिणकाली नगरपालिका-६ स्थित डेरा कोठामा डोल्मा शेर्पाको गत वैशाख १९ गते मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा काले तामाङले कुटपिट गरी हत्या गरी फरार भएको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर, भक्तपुर नगरपालिका-१० छालिङबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारवाहीको लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै