• २०८१ असोज २१ सोमबार

सिन्धुलीमा बस दुर्घटना, दुई जनाको मृत्यु 

kharibot

काठमाडौं । काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना हुँदा दुईजनाको निधन भएको छ।

प्रहरीका अनुसार, बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। सोमबार दिउँसो करिब पौने ३ बजेतिर बस दुर्घटनामा परेको थियो ।

बसमा लगभग २५ जना सवार रहेको प्रहरीले जनाएको छ। घाइते भएकाहरूलाई जिल्ला अस्पताल, कपिलाकोट र स्थानीय अस्पतालमा पुर्याइएको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै