• २०८१ असोज २० आइतबार

महिला टी-२० विश्वकप: डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाको विजयी शुरुवात

kharibot

काठमाडौँ । जारी आइसीसी महिला टी-२० विश्वकप अन्तर्गत डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले विजयी शुरुवात गरेको छ ।

शनिबार सम्पन्न खेलमा अस्ट्रेलियाले श्रीलंकालाई ६ विकेटले परजित गरेको हो ।

श्रीलंकाले दिएको केवल ९४ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १४.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर ९३ रन बनाएको थियो ।

अब अस्ट्रेलियाले अर्को खेल आगामी मंगलबार न्यूजिल्याण्डसँग खेल्ने छ भने श्रीलंकाले बुधबार भारतसँग खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै