• २०८१ असोज १९ शनिबार

महिला टी-२० विश्वकप: भारतमाथि न्यूजील्याण्डको शानदार जित

kharibot

काठमाडौँ । जारी आइसीसी महिला टी-२० विश्वकपमा न्यूजील्याण्डले भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा न्यूजील्याण्डले भारतलाई ५८ रनले पराजित गरेको हो ।

न्यूजील्याण्डले दिएको १६१ रनको लक्ष्य पछाएको भारतले १९ ओभरमा अल आउट हुदै १०२ रन मात्र बनाएको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ४ विकेट गुमाउदै १६० रन बनाएको थियो ।

अब न्यूजील्याण्डले अर्को खेल मंगलबार अस्ट्रेलियाविरुद्ध खेल्ने छ भने भारतले आइतबार पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै