• २०८१ असोज १९ शनिबार

जितपछि ललितपुर फाइनलको दौडमा कायम, चितवन बाहिरियो

kharibot

काठमाडौँ । जारी एभरेस्ट महिला भलिबल लिग अन्तर्गत ललितपुर क्विन्सले चितवन शक्तिलाई पराजित गरेको छ । 

शुक्रबार सम्पन्न खेलमा ललितपुरले चितवनलाई ३-१ को सेटमा पराजित गरेको हो । 

ललितपुरले पहिलो सेट हारेपनि त्यसपछि खेलमा कम ब्याक गर्दै लगातार तीन सेट जितेर फाइनलको सम्भावनालाई कायम राखेको छ । 

यो जितपछि ललितपुर क्विन्सको ५ खेलमा १० अंक भएको छ र फाइनलको दौडमा कायम छ । फाइनलमा पुग्ने दुई टिमको टुंगो भने आजको अन्तिम खेल पछि नै लाग्ने भएको छ । 

त्यस्तै यो हारपछि चितवन भने फाइनलको दौडबाट बाहिरिएको छ । 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै