चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ ।
सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।
निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरका अनुसार जग्दुका साथमा रहेका अर्को एक जना भने भागेर बाँच्न सफल भएका छन् ।