• २०८१ असोज १७ बिहीबार

ताप्लेजुङ र बाँकेबाट पेस्तोलसहित एक एक जना पक्राउ

kharibot

काठमाडौँ । ताप्लेजुङ र बाँकेबाट पेस्तोलसहित एक एक जना पक्राउ परेका छन् ।

ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका-२ ओइराबु बस्ने २० वर्षीय उदय पन्थलाई अटोमेटिक पस्तोल १ थान सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । 

त्यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका-२० ज्ञानपुर बस्ने ३६ वर्षीय धनिराम कुर्मीलाई कटुवा पेस्तोल १ थान सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट राँझाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै