• २०८१ असोज १८ शुक्रबार

वेस्ट इन्डिजका खेलाडीलाई क्रिकेट बोर्डले दियो सेन्ट्रल कन्ट्रयाक्ट

kharibot

काठमाडौँ । वेस्ट इन्डिज क्रिकेट बोर्डले महिला तथा पुरुष क्रिकेट खेलाडीसँग एक तथा दुई बर्षको सम्झौता गरेको छ । बोर्डले ९ पुरुष खेलाडीसँग एक बर्षको सम्झौता गरेको छ भने ६ खेलाडीसँग २ बर्षको सम्झौता गरेको छ ।

त्यसैगरी ३ महिला खेलाडीसँग २ बर्षको र १२ महिला खेलाडीसँग एक बर्षको सम्झौता गरेको छ ।

वेस्ट इन्डिज बोर्डले शाइ होप, अल्जारी जोसेफ, शमर जोसेफ, ब्रान्डन किंग, गुडाकेश मोती र जेडेन सील्स सँग दुई बर्षको सम्झौता गरेको हो ।

त्यस्तै एलिक एथेनाजे, क्रेग ब्राथवेट, केसी कार्टी, रोस्टन चेस, जोशुआ डा सिल्भा, काभम होज, अकील होसेन, रोमारियो शेफर्ड र रोभम्यान पावेलसँग एक बर्षको सम्झौता गरेको छ ।

त्यस्तै दुई वर्षको सम्झौता गरेका महिला क्रिकेट खेलाडीमा शेमेन क्याम्पबेल, हेली म्याथ्यूज र स्टाफनी टेलर रहेका छन् ।

त्यस्तै एक वर्षको सम्झौता भएका महिला क्रिकेटरमा आलिया एलेने, शमिलिया कोनेल, डिआन्ड्रा डटिन, एफी फ्लेचर, चेरी-एन फ्रेजर, चिनेल हेनरी, जैदा जेम्स, कियाना जोसेफ, चेडियन नेसन, करिश्मा रामहारक, रशादा विलियम्स र अश्मिनी मुनिसार रहेका छन् ।

बोर्डले एक बर्ष सम्झौता भएका खेलाडीको सम्झौता २०२५ को सेप्टेम्बरमा सकिने र दुई बर्ष सम्झौता भएका खेलाडीको सम्झौता २०२६ को सेप्टेम्बरमा सकिने बताएको छ ।

वेस्ट इन्डिज क्रिकेट बोर्डले सेन्ट्रल कन्ट्रयाक्टमा भएका खेलाडीलाई बार्षिक एक लाख देखि एक लाख ५० हजार डलर दिने बताइएको छ । 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै