• २०८१ असोज १७ बिहीबार

महिला भलिबल लिगमा मधेशको लगातार तेस्रो हार

kharibot

काठमाडौँ । जारी एभरेस्ट महिला भलिबल लिग अन्तर्गत चितवन शक्तिले मधेश युनाइटेडलाई पराजति गरेको छ ।

गएराती सम्पन्न खेलमा चितवनले मधेशलाई ३-१ को सेटमा पराजित गरेको थियो ।

यस खेलमा शुरुका दुई सेट लगातार हारेको मधेश प्रदेशले तेस्रो सेट जितेर खेलमा कम ब्याक गर्ने प्रयास गरेको थियो । तर चितवनले चौथो सेट जितेर खेल जितेको थियो ।

चितवनले यो जितसँगै ३ खेलमा दोस्रो जित हासिल गरेको छ । त्यस्तै मधेशले भने लगातार तेस्रो हार बेहोरेको छ ।

लिग अन्तर्गत आज पहिलो खेल काठमाडौँ स्पाइकर्स र मधेश युनाइटेडबीच ३: ४५ बजेदेखि  हुने भने दोस्रो खेल कर्णाली यशविस र चितवन शक्तिबीच ५: ४५ बजेदेखि हुने छ । त्यस्तै तेस्रो खेल ललितपुर क्विन्स र गण्डकी थण्डर्सबीच राति ७: ४५ बजेदेखि हुने छ ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै