• २०८१ असोज १७ बिहीबार

ओमानमाथि नेपालको ५६ रनको जित

kharibot

काठमाडौँ । नेपालले जारी त्रिकोणात्मक टी-२० सिरिजमा ओमानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा नेपालले ओमानलाई ५६ रनले पराजित गरेको हो ।

नेपालले दिएको १५८ रनको लक्ष्य पछाएको ओमानले १७.५ ओभरमा १०१ रन बनाएको थियो ।

ओमानका लागि जीशान मक्शुदले सर्बाधिक ३५ रन बनाए भने कप्तान अकिब इलियासले २२ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर कुशल भुर्तेलले ३, कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र रिजन ढकालले २-२ विकेट लिएका थिए ।

यस अघि नेपालले पहिला ब्याटिंग गर्दै कप्तान रोहित पौडेल ५६ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै १५७ रन बनाएको थियो ।

योसंगै यस सिरिजमा नेपालले ४ खेलमा २ खेल जितेको छ । नेपालले क्यानडाविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो भने ओमानविरुद्धका दुवै खेल जितेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै