• २०८१ असोज १६ बुधबार

 इरानको गैर-आवश्यक यात्रा नगर्न सल्लाह भारतले जारी गर्यो एडभाइजरी

kharibot

काठमाडौँ । भारतीय विदेश मन्त्रालयले इरानका लागि भारतीय नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको छ ।

मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जारी गरेको एडभाइजरीमा भारतीय नागरिकहरूलाई इरानको गैर-आवश्यक यात्रा नगर्न सल्लाह दिइएको छ । हाल इरानमा रहेकाहरूलाई सतर्क रहन र तेहरानमा रहेको भारतीय दूतावाससँग सम्पर्कमा रहन अनुरोध गरिएको छ । 

परराष्ट्र मन्त्रालयले पश्चिम एसियाका सम्बन्धमा पनि एडभाइजरी जारी गरेको छ । यसमा भारत सरकार पश्चिम एसियाको सुरक्षा अवस्थाप्रति चिन्तित रहेको उल्लेख गरिएको छ । यसमा नागरिकको सुरक्षाका लागि संयम अपनाउन अपिल गरिएको छ । साथै वार्ता र कूटनीतिबाट सबै समस्या समाधान गर्न आह्वान गरिएको छ ।

मंगलबार इजरायलस्थित भारतीय दूतावासले पनि भारतीय नागरिकका लागि एडभाइजरी जारी गरेको थियो । जसमा इजरायलमा बस्ने भारतीयहरूलाई सतर्क रहन र सुरक्षा सम्बन्धी प्रोटोकलहरू पालना गर्न भनिएको थियो ।

मंगलबार राति इरानले इजरायलमा करिब २०० मिसाइल आक्रमण गरेपछि यो एडभाइजरी जारी गरिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै