• २०८१ असोज १७ बिहीबार

स्रोत नखुलेको ११ लाखसहित एक जना पक्राउ

kharibot

महोत्तरी, मनरासिस्वा नगरपालिका-२ भोल्ही चोकबाट स्रोत नखुलेको नगद ११ लाख ८१ हजार ३ सय रूपैयाँ सहित सम्सी गाउँपालिका-६ सम्सी गाँउ बस्ने ४२ वर्षीय शेष हसमत अलीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी ईटहर्वाकट्टीबाट खटिएको प्रहरीले प्र.२-०२-००५ प ५९९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै