• २०८१ असोज १६ बुधबार

योङ ब्वायजमाथि बार्सिलोनाको फराकिलो जित

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले स्विस क्लब योङ ब्वायजलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले योङ ब्वायजलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले २ गोल गरेका थिए भने राफिन्हा र इनिगो मार्टिनेजले एक एक गोल गरेका थिए । त्यस्तै एक गोल योङब्वायजका मोहमद अलि कामाराले आत्मघाती गोल गरेका थिए ।

यसअघि पहिलो खेलमा हार बेहोरेको बार्सिलोनाको यस सिजनको च्याम्पियन्स लिगमा यो पहिलो जित हो । त्यस्तै योङ ब्वायजले भने लगातार दोस्रो हार बेहोरेको छ ।

बार्सिलोनाले अब अर्को खेल अक्टोबर २४ मा बायर्न म्युनिखसँग खेल्ने तालिका रहेको छ भने योङ ब्वायजले सोहि दिन इन्टर मिलानको सामना गर्ने छ ।
         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै