• २०८१ असोज १५ मंगलबार

फिल्म ‘सानो संसार’ पुन प्रदर्शन गरिने

kharibot

काठमाडौँ । शुक्रबार र शनिबार परेको अविरल वर्षाले देशभरको जनजीवन प्रभावित भएपछि फिल्म ‘सानो संसार’का निर्माताले प्रदर्शनको दुई दिनमै रिलिज स्थगित गरेका थिए । अब आगामी कात्तिक ९ गते फिल्मलाई पुनः प्रदर्शन गरिने भएको छ ।

निर्माण कम्पनी प्रिन्सेस मुभिजले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी गराएको हो । कात्तिक ९ गते अन्य कुनै नेपाली फिल्म छैनन् ।

प्रदर्शनपूर्व काठमाडौंमा गरिएको प्रिमियरमा ‘सानो संसार’ले राम्रो प्रतिक्रिया पाएको थियो । फिल्मको कथावस्तु र कलाकारहरूको अभिनयको प्रशंसा भएको थियो । तर, रिलिजकै दिनदेखि देशभर पानी पर्दा हलमा फिल्म हेर्ने दर्शक शून्य बराबर थिए । यसपछि फिल्मको प्रदर्शन नै स्थगित गर्न निर्माता बाध्य भए । अब फेरि फिल्मको प्रचारमा निर्माताले ठूलो खर्च र मिहिनेत गर्नुपर्ने देखिन्छ ।

सिद्धार्थ पुडासैनीको निर्देशनमा बनेको फिल्ममा सीतादेवी तिमिल्सेना, अनु दाहाल, राज पंगेनी शर्मा, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय रहेको छ ।

निर्देशकदेखि कलाकार सबैको यो पहिलो फिल्म हो । ‘सानो संसार’को निर्मातामा अर्जुन कुमार र कार्यकारी निर्मातामा माधव वाग्ले रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै