• २०८१ असोज १५ मंगलबार

एभरेष्ट महिला भलिबल लिगमा ललितपुरको विजयी शुरुवात 

kharibot

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्वीन्सले विजयी शुरुवात गरेको छ ।

सोमबार देखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा ललितपुर क्विन्सले काठमाडौँ स्पाइकर्सलाई ३-१ को सेटमा पराजित गरेको थियो ।

ललितपुरले पहिलो सेट २५-२० ले जितेको थियो भने तेस्रो सेट २५-२१ र चौथो सेट २५-१९ ले जितेको थियो । त्यस्तै काठमाडौँले दोस्रो सेट २५-२१ ले जितेको थियो ।

प्रतियोगिता अन्तर्गत आजै दोस्रो खेल मधेश युनाइटेड र कर्णालीबीच हुने छ भने तेस्रो खेल चितवन शक्ति र गण्डकी ठण्डरबीच हुने छ ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै