• २०८१ असोज १४ सोमबार

भारत र बंगलादेशबीचको दोस्रो टेस्ट रोचक मोडमा

kharibot

काठमाडौँ । भारत र बंगलादेशबीचको दोस्रो टेस्ट रोचक मोडमा पुगेको छ ।

खेलको तीन दिन बर्षाले प्रभावित बनेपछि चौथो दिनको खेल सकिदा बंगलादेशले दोस्रो इनिंग शुरु गरेको छ । चौथो दिनको खेल सकिदा बंगलादेशले २ विकेट गुमाएर २६ रन बनाएको छ र भारतभन्दा २६ रनले अझै पछाडी रहेको छ ।

यस अघि भारतले आज आफ्नो पहिलो इनिंगमा ९ विकेट गुमाउदै २८५ रन बनाएर इनिंग घोषणा गरेको थियो । भारतले पहिलो इनिंगमा ५२ रनको अग्रता लिएर इनिंग घोषणा गरेको थियो ।

यस अघि बंगलादेश २३३ रन बनाएर अल आउट भएको थियो ।

अब खेलको पाँचौं दिन भारतले बंगलादेशलाई छिटो अल आउट गरेर खेल जित्ने प्रयास गर्ने छ भने बंगलादेशले दिनभर ब्याटिंग गरेर खेल ड्र गर्ने प्रयास गर्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै