• २०८१ असोज ८ मंगलबार

राजदूतमा सिफारिस भट्टराईले बुझाउन सकेनन् शैक्षिक योग्यताको प्रमाण

kharibot

काठमाडौं । श्रीलंकाको लागि नेपाली राजदूतमा सिफारिस भएका रामकृष्ण भट्टराईको शैक्षिक योग्यता नपुग्दा संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन नहुने भएका छन् ।

नेपाली कांग्रेसको कोटाबाट राजदूत सिफारिस भएका भट्टराईबारे निर्णय लिन दिउँसो ३ बजे समितिको बैठक बस्दैछ । यसअघि बिहान ९ बजेका लागि डाकिएको बैठक दिउँसोसम्म सरेको हो । आजको बैठकसम्म उनले सर्टिफिकेटको प्रमाणपत्र बुझाउन नसके दुईतिहाई बहुमतबाट नाम अस्वीकृत गर्ने समितिको तयारी छ ।

उनीबारे निर्णय लिन सोमबार समितिको बैठक बोलाइएको थियो । उनले राजदूत बन्न चाहिने आवश्यक स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र अझै समितिमा बुझाउन सकेका छैनन् । आजसम्म पनि भट्टराईले शैक्षिक योग्यताको प्रमाणपत्र नबुझाए उनको नाम राजदूतमा अस्वीकृत हुने समिति सदस्यहरुले बताएका छन् ।

प्रस्तावित १७ राजदूतमध्य ३ असोजमा १६ जनाको नाम संसदीय समितिले अनुमोदन गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै