• २०८१ असोज ८ मंगलबार

रोनाल्डो बिना अल नासर विजयी

kharibot

काठमाडौँ । अल नासर किंग कप अफ च्याम्पियन्सको राउण्ड १६ मा पुगेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल हाजमलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको राउण्ड १६ मा पुगेको हो ।

अल नासरको जितमा साडियो माने र नवाफ बोउशालले एक एक गोल गरेका थिए । त्यस्तै अल हाजमका लागि बसिल योसेफ अल्सायालीले एक गोल गरेका थिए ।

यस खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डोलाई भने आराम दिइएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै