• २०८१ असोज ८ मंगलबार

प्रधान सेनापतिसँग फ्रान्स र युएईका राजदूतको भेट

kharibot

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबिच भेटघाट भएको छ । सोमबार जङ्गी अड्डामा सेनापति र राजदूतबिच शिष्टाचार भेटघाट भएको हो ।

त्यस्तै, आजै प्रधान सेनापति र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ)का राजदूत अब्दुल्ला सईद मुबारक जारवान अल शम्सीबिच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटहरूमा आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले नेपालको उक्त देशहरूबिच रही आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै