• २०८१ असोज ८ मंगलबार

दिल्लीकी मुख्यमन्त्री आतिशीले किन राखिन खाली कुर्सी ?

kharibot

काठमाडौँ । भारतको दिल्लीकी मुख्यमन्त्री आतिशी मरलानले आजदेखि आफ्नो कार्यभार सम्हालेकी छन् । तर कार्यभार सम्हाल्ने क्रममा उनले मुख्यमन्त्रीको कुर्सि खालिराखेर अर्को कुर्सिमा बसेपछि विवादित बनेकी छन् ।

आतिशीले दिल्लीको मुख्यमन्त्रीको रुपमा आफुले अरविन्द केजरीवाललाई नै मान्ने भन्दै चार महिना उनको नाममा आफुले मुख्यमन्त्री चलाउने बताएकी छन् । उनले राम १४ बर्ष बनबास जादा भारतले रामको खराउ मागेर सत्ता चलाए जस्तै आफुले खाली कुर्सि राखेर चार महिना मुख्यमन्त्री चलाउने बताएकी छन् ।

आतिशीको यो कदमको भारतीय जनता पार्टीले आलोचना गरेको छ । भाजपा सांसद मनोज तिवारीले दिल्लीको मुख्यमन्त्रीको पदभार ग्रहण गरेलगत्तै आतिशीको भनाइको खिल्ली उडाएका छन् । तिवारीले आतिशीले आफुलाई मुख्यमन्त्री नै नमानेको र यसको अनेक अर्थ लाग्ने बताएका छन् । बिजेपीले आतिशी र केजरीवालले दिल्लीलाई लालु-राबडी मोडल र सोनिया-मनमोहन मोडेल चलाउन चाहेको भन्दै आलोचना गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै