• २०८१ असोज ८ मंगलबार

माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

kharibot

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा बर्दिया बढैयाताल गाउँपालिका-१ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४३ वर्षीय नरेन्द्र कुमार वलीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

वलीले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका-३ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै