• २०८१ असोज ४ शुक्रबार

धरहरा चढ्नेको अत्याधिक भिड

kharibot

काठमाडौँ । संबिधान दिवसको अवसर पारेको खोलिएको धरहरामा पहिलो दिन धरहरा चढ्नेहरुको अत्याधिक भीड लागेको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले अस्थायी रुपमा भन्दै विहिबारदेखि नि: शुल्क खुला गरेको धरहरामा पहिलो दिन करिब १२ सयले अवलोकन गरेको जानकारी दिएको छ ।

विसं २०७२ को भूकम्पले भत्किएको धरहरा नौ वर्षपछि खुला भएको हो । यस अघि प्रत्येक दिन छ सय जनाका लागि निःशुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएकोमा अत्याधिक भिड भएपछि पहिलो दिन १२ सय भन्दा बढीले धरहरा चढेका थिए ।

विसं २०७२ वैशाख १२ गएको विनाशकारी भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त भएको धरहरा क्षेत्र अहिले पनि पूर्णरुपमा निर्माण सम्पन्न भएको छैन ।

विसं २०७५ असोज १४ गते नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट धरहरा पुनःनिर्माण सुरु भएको थियो भने २०७८ वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको समुद्घाटन गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै