Skip This
  • २०८१ असोज ३ बिहीबार

प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित

kharibot

काठमाडौँ । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

सभामुखको सचिवालयका अनुसार बैठक भोलि अपराहन्न १ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

आज १ बजे बस्ने भनिएको बैठक शुरुमा २ बजे र त्यसपछि ३: १५ बजे बस्ने तय गरिएको थियो ।

गत बुधबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेपछि स्थगित भएको थियो । संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको 'हिंसा' शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि माओवादी केन्द्रले त्यसको विरोध गर्दै संसद अवरुद्ध गरेको थियो । अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै