• २०८१ असोज ३ बिहीबार

ह्वावे डिजिटल पावरद्धारा नेपाल पूर्वाधार सम्मेलनमा हरित ऊर्जा प्रविधि प्रस्तुत

kharibot

काठमाडौं । ह्वावे डिजिटल पावरले कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज सिएनआइले योजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२४ मा सफलतापूर्वक सहभागिता जनाएको छ ।

दुई दिने कार्यक्रममा, विश्वभरका नीति निर्माता, उद्योगी ब्यवसायी र वैज्ञानिक आविस्कारकहरू भेला भएर नेपालको पूर्वाधार विकासको बारेमा भएको छलफल भएका थियो । सम्मेलनको प्रमुख ध्यान हरित ऊर्जा, दिगोपन, र डिजिटल रूपान्तरणमा केन्द्रित गरिएको थियो । यस वर्षको सम्मेलन नेपालको पूर्वाधारको भविष्यलाई आकार दिनमा स्वच्छ ऊर्जा र डिजिटलाइजेशनको महत्वपूर्ण भूमिका रहने तर्फ केन्द्रित रह्यो ।

ऊर्जा र जलस्रोत प्यानल छलफलमा, ह्वावे एपीएसी डिजिटल पावर स्मार्ट पिभि एण्ड इएसएस का अध्यक्ष, चेन योंगले 'स्मार्ट र दिगो संसारको लागि ऊर्जा डिजिटलाइजेशन' शीर्षकमा अध्ययन प्रस्तुत गरे । उनले ह्वावेको वैश्विक ऊर्जा रुपान्तरणमा भूमिका, डिजिटल समाधानलाई पावर इलेक्ट्रोनिक्ससँग एकीकृत गरेर स्वच्छ ऊर्जा उपलब्ध गराउने र हरित क्रान्तिमा योगदान पुर्याउने स्पष्ट पारे ।

चेन योंगले भने, 'वैश्विक ऊर्जा परिदृश्य द्रुत गतिमा परिवर्तन भइरहेको छ जलवायु परिवर्तनको आवश्यकता र दिगो वृद्धि विश्वव्यापी आवश्यकता हो । ह्वावे कार्बन तटस्थता समर्थन गर्न प्रतिबद्ध छ । कम कार्बन उर्जा उत्पादन, इलेक्ट्रिक ऊर्जा खपत, र डिजिटलाइजेशनलाई एकीकृत गरेर हरित रूपान्तरणलाई सशक्त पार्न ह्वावे अडिग छ । ५ औं औद्योगिक क्रान्ति आइआर, जसले कम कार्बन र बौद्धिक प्रविधिहरूसँग मेल खान्छ, जसले हामीलाई हरित संसारसँग ल्याउँछ ।'

चेनले ह्वावे स्मार्ट पिभि सोलुसन्सहरूको बारेमा प्रकाश पार्दै, कृत्रिम बुद्धिमत्ता र क्लाउड कम्प्युटिङको मद्दतले सौर्य पावर प्लान्टहरूको प्रदर्शनलाई अधिकतम ऊर्जा उत्पादन सुनिश्चित गर्ने र सञ्चालन लागतलाई घटाउने उल्लेख गरे । उनले ह्वावेका स्मार्ट ब्याट्री एनर्जी स्टोरेज सिस्टम बीइएसएसको बारेमा थप व्याख्या समेत गरे । यस प्रविधिले भण्डारण दक्षता सुधार्छ, हानिलाई कम गर्छ, र नवीकरणीय ऊर्जा स्रोतहरूसँग सहज रूपमा एकीकृत हुन्छ । उनले ह्वावेको लिक्विड कुल्ड अति तिव्र चार्जिङ प्रविधिको परिचय पनि दिए । जसले तिव्र र सुविधाजनक इभि चार्जिङ प्रदान गर्दछ, विद्युतिय वाहनहरूको प्रयोगलाई सहज बनाउन सहयोग गर्दछ । 

ह्वावे डिजिटल पावरको सम्मेलनमा सहभागिताले  यसको स्मार्ट पिभि र इएसएस सोलुसन्सहरूको माध्यमबाट नेपालको हरित ऊर्जा संक्रमणमा यसको योगदानलाई स्पष्ट पारेको छ । यी नवप्रवर्तनहरू नेपालका उद्देश्यहरूसँग मिल्छ  जसले प्राकृतिक स्रोतहरूलाई बढी कुशलताका साथ प्रयोग गर्ने र आर्थिक वृद्धि र दिगोपनलाई समर्थन गर्ने लक्ष्य राख्दछ । 

सम्मेलनको समापनसँगै, ह्वावे डिजिटल पावरले नेपाललाई उन्नत डिजिटल पावर समाधानहरूसँग सशक्त पार्नका निम्ति आफ्नो प्रतिबद्धता पुन पुष्टि गरेको छ। स्थानीय सरोकारवालहरूसँगको साझेदारी मार्फत, ह्वावे डिजिटल पावरले नेपालको हरित र डिजिटल रूपान्तरणको यात्रा सहयोगी पात्रका रुपमा रहेने लक्ष्य राखेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै