Skip This
  • २०८१ असोज ३ बिहीबार

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने

kharibot

काठमाडौँ । नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने भएको छ । 

भदै ३० गतेदेखि असोज ४ गतेसम्म विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने नेपाली सेनाले जानकारी दिएको छ ।

अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरूका सम्बन्धमा ज्ञान आदान प्रदान हुनेछ ।

काठमाडौँ, मकवानपुर र धादिङ जिल्लाहरूमा सो सम्बन्धी विभिन्न अभ्यासहरु सञ्चालन हुने नेपाली सेनाले जानकारी दिएको छ । सन् २०१२ बाट सुरु भएको संयुक्त अभ्यासको यो चौथो संस्करण हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै